सोमालियामा बम विष्फोट हुँदा १ सय जनाको ज्यान गयो, ३ सय घाइते

धेरै घाइतेहरुको अवस्था जटिल रहेकाले मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीलाई उधृत गर्दै रोयटर्सले जनाएको छ । राष्ट्रपति  हसन शेख मोहम्मदले बम हमलालाई क्रुर आतंकवादी हमला भनेका छन् ।

नेपालभ्युज

सोमालियामा बम विष्फोट हुँदा १ सय जनाको ज्यान गयो, ३ सय घाइते
तश्वीर : रोयटर्स

मोगादिसु। सोमालियाको राजधानी मोगादिसुमा दुई वटा कार बम विष्फोट हुँदा कम्तिमा एक सय जनाको ज्यान गएको छ । शिक्षा मन्त्रालय नजिकै एक व्यस्त बजारमा भएको विष्फोटमा तीन सय जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमध्ये धेरैजना विद्यार्थी र गृहणी महिला रहेका छन् । धेरै घाइतेहरुको अवस्था जटिल रहेकाले मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीलाई उधृत गर्दै रोयटर्सले जनाएको छ । राष्ट्रपति  हसन शेख मोहम्मदले बम हमलालाई क्रुर आतंकवादी हमला भनेका छन् ।

यो सोमालियामा आइतबारको बम हमला सन् २०१७ पछिकै ठूलो हो । सन् २०१७ मा भएको बम हमलामा पाँच सय जनाले ज्यान गुमाएका थिए । घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । तर  इस्लामवादी अल कायदासँग सम्बन्धित समूह अल शबाबले बम विष्फोट गराएको हुनसक्ने आशंका गरिएको छ ।

अफ्रिकी संघका अध्यक्ष मोसा फकी महामतले आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई आतंकवादी समूहहरूलाई पराजित गर्नको लागि सोमालियाका संस्थाहरूलाई बलियो समर्थन र सहयोग गर्ने आग्रह गरेका छन् ।

खाना, कपडा, पानीदेखि लिएर विदेशी मुद्रा र हल्का मादक पदार्थसम्म किनबेचको लागि मानिसहरु मोगादिसुको चौराहे बजारमा पुग्ने गर्दथे । तर आइतबारको बम विष्फोटपछि बजार रगतले लतपतिएको छ । बजारमा सन्नाटा छाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved