कोरियामा भागदौड : अझै २ हजार ९०० जना सम्पर्क बाहिर

सोल महानगरको गुनासो केन्द्रमा अहिलेसम्म दुई हजार नौ सय जना सम्पर्कमा नआएको भन्दै परिवारले फोन गरेका बीबीसीले जनाएको छ । फोन आउने क्रम जारी रहेकोका सम्पर्कबाहिर रहनेहरु बढ्न सक्ने खबरमा उल्लेख छ ।

नेपालभ्युज

कोरियामा भागदौड : अझै २ हजार ९०० जना सम्पर्क बाहिर

सोल। दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा अझै २ हजार ९ सय जना सम्पर्कबाहिर रहेका छन् । भागदौडपछि सरकारले सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिन आग्रह गरेको थियो ।

सोल महानगरको गुनासो केन्द्रमा अहिलेसम्म २ हजार ९ सय जना सम्पर्कमा नआएको भन्दै परिवारले फोन गरेका बीबीसीले जनाएको छ । फोन आउने क्रम जारी रहेकोले सम्पर्कबाहिर रहनेहरु बढ्न सक्ने खबरमा उल्लेख छ ।

शनिबार राति भएको भागदौडमा कम्तीमा पनि १ सय ५१ जनाको ज्यान गएको छ । हालुविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ५१ जनाको ज्यान गएको छ र झण्डै एक सय जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमध्ये १९ जना विदेशी नागरिक पनि रहेका छन् । घटनामा आफ्ना तीन जना नागरिक मारिएको चीनले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved