भेरी नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता

नेपालभ्युज

भेरी नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता
सांकेतिक तस्वीर

सुर्खेत। सुर्खेतमा भेरी नदीमा डुबेर दुई जनाको बेपत्ता भएका छन्। सुर्खेतको भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका हुन्।

भेरी नदीमा शनिबार उनीहरु पिकनिक खान गएको र भेरी नदीमा पौडी खेल्ने क्रममा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको उद्धार टोली घटनास्थलतर्फ खटिसकेको सशस्त्र प्रहरी बल रक्तकाली गण बागेसिमल सुर्खेतका प्रमुख विमल डाँगीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved