राजदूत आचार्य–नेतृ गान्धीबीच भेटवार्ता

नेपालभ्युज

राजदूत आचार्य–नेतृ गान्धीबीच भेटवार्ता

काठमाडौं। भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग भेटघाट गरेका छन्। सरकारले कार्यकाल अगावै फिर्ता बोलाएपछि आचार्यले नेतृ गान्धीसँग उनकै निवास पुगेर बिदाई भेट गरेका हुन्।

भेटघाटमा नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको आचार्यले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। “खासगरी द्विपक्षीय सम्बन्धको ऐतिहासिक पक्षबारे छलफल भएको छ”, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

यसअघि २२ असोजमा उनले भारतीय कंग्रेस नेता राहुल गान्धीसँग भेटवार्ता गरेका थिए। गत ५ असोजको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाएको थियो।

त्यसयता राजदूत आचार्य भारतीय विदेश मन्त्रालयका अधिकारी, कूटनीतिज्ञ र विभिन्न दलका नेतासँग विदाई भेटमा व्यस्त छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved