विश्वयुद्धपछिको खतरनाक दशक चल्दै, पश्चिमा देशको प्रभुत्व अन्त्य पक्का – पुटिन

 उनले पश्चिमा देशहरुले रुसको सार्वभौमसत्ता र विशिष्टतालाई अस्वीकार गर्ने खतरनाक र रक्तपातपूर्ण खेल खेलिरहेको भन्दै उनिहरुको प्रभुत्व अब अन्त्य हुन लागेको पनि बताएका छन् ।

नेपालभ्युज

विश्वयुद्धपछिको खतरनाक दशक चल्दै, पश्चिमा देशको प्रभुत्व अन्त्य पक्का – पुटिन
राष्ट्रपति भ्लादिमिर पुटिन

मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वले दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा खतरनाक दशकको सामना गरिरहेको चेतावनी दिएका छन् ।

बिहीबारको एक भाषणमा उनले युक्रेनमा रुसले गरेको आक्रमणलाई औचित्य दिन खोज्दै यो दशक दोस्रो विश्वयुद्धपछिकै खतरनाक सावित हुने चेतावनी दिएको बीबीसीले जनाएको छ । पुटिनले आफ्ना सहयोगी देशहरुलाई मस्कोबाट टाढा हुन बाध्य पार्न पश्चिमा देशले आणविक ब्ल्याकमेलको आरोप लगाएको पनि बताएका छन् ।

मस्कोमा आफ्नो सम्बोधन अघिल्लो दिन उनले नियमित आणविक अभ्यासहरूको निरीक्षण गरेका थिए । जसमा शत्रुको ठूलो आणविक आक्रमणको बदलामा एक आणविक हमलाको पूर्वअभ्यास पनि समावेश थियो।

“हामीले रुसको आणविक हतियारको सम्भावित प्रयोगको बारेमा सक्रिय रूपमा कहिल्यै केही भनेका छैनौं। हामीले पश्चिमी देशका नेताहरुका टिप्पणीहरूमा मात्र प्रतिक्रिया दिएका छौं,” पुटिनले भने।

तर उनले फेरि दोहोर्‍याएका छन् कि, “रुसले आफ्नो सुरक्षाको लागि सबै उपलब्ध साधनहरू प्रयोग गर्नेछ ।”
विश्व मामिलाहरूमा पश्चिमा देशको “अविभाजित प्रभुत्व” अब अन्त्य हुन पुटिनको दाबी छ । उनले अमेरिकाको नेतृत्वमा पश्चिमले रुसलाई नष्ट गर्न खोजेको आरोप पनि लगाएका छन् ।

उनले पश्चिमा देशहरुले रुसको सार्वभौमसत्ता र विशिष्टतालाई अस्वीकार गर्ने खतरनाक र रक्तपातपूर्ण खेल खेलिरहेको भन्दै उनिहरुको प्रभुत्व अब अन्त्य हुन लागेको पनि बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved