२ महिनामा विदेशबाट ९ करोड रुपैयाँको बदाम आयात

नेपालभ्युज

२ महिनामा विदेशबाट ९ करोड रुपैयाँको बदाम आयात

काठमाडौं। चालू आर्थिक वर्षको २ महिनाको अवधिमा विदेशबाट ९ करोड ७४ लाख रुपैयाँको बदाम आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिना गरी २ महिनामा उक्त मूल्य बराबरको बदाम आयात भएको हो ।

यस अवधिमा ९ करोड रुपैयाँभन्दा बढीको २ लाख ५६ हजार किलोग्राम बदाम आयात भएको जनाइएको छ ।

नेपालमा आयात हुने बदाम भारत र अमेरिकाबाट आउने गरेको छ । यस अवधिमा भारतबाट १ लाख ९८ हजार रुपैयाँको बदाम आयात हुँदा अमेरिकाबाट ९ करोड ७२ लाख रुपैयाँको बदाम भित्रिएको विभागले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved