अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा मनाए दीपावली

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले ह्वाइट हाउसमा दीपावली मनाएका छन्। यसै क्रममा दुवै जना समारोहमा उपस्थित माझ पुगेर दीपावलीको शुभकामना दिएका थिए। कार्यक्रममा उपराष्ट्रपति कमला ह्यारिस पनि थिइन्। सो क्रममा नृत्य प्रस्तुति समेत गरिएको थियो।

नेपालभ्युज

अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा मनाए दीपावली

काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले ह्वाइट हाउसमा दीपावली मनाएका छन्। यसै क्रममा दुवै जना समारोहमा उपस्थित माझ पुगेर दीपावलीको शुभकामना दिएका थिए। कार्यक्रममा उपराष्ट्रपति कमला ह्यारिस पनि थिइन्। सो क्रममा नृत्य प्रस्तुति समेत गरिएको थियो।

राष्ट्रपति जो बाइडेनले दीपावलीको अवसरमा सम्बोधन गर्दै दीपावलीको शुभकामना दिएका छन्। यससँगै उनले हतियार समर्थकलाई कडा सन्देश पनि दिएका छन्। यसैबीच उपराष्ट्रपति कमला ह्यारिसले पनि आफ्नो सम्बोधनमा दीपावली पर्वलाई बधाई दिएकी छन्।

अमेरिकी उपराष्ट्रपति ह्यारिसले ह्वाइट हाउसमा दिपावाली मनाउन आयोजना गरेको स्वागत समारोहमा पहिलो पटक सम्बोधन गर्दै राति विश्वभरका एक अर्बभन्दा बढी मानिससँग मिलेर दीप प्रज्वलन गरी नराम्रोमाथि राम्रोको विजय, अज्ञानमाथि ज्ञान र अन्धकारमाथि प्रकाशको उत्सव मनाउने गरेको बताइन्।

राष्ट्रपति बाइडेनले भने, ‘‘दीपावलीले हामीलाई सम्झाउँछ कि हामी प्रत्येकसँग संसारमा उज्यालो ल्याउने शक्ति छ ।यो एक छनौट हो र हामी यसलाई हरेक दिन रोज्छौं।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved