सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

नेपालभ्युज

सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं। बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। अदालतले चौथोपटक २ दिन म्याद थपका लागि अनुमति दिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए।

यसअघि अनुसन्धान सकिएकाले आजै प्रतिवेदन बुझाउने प्रहरीले जनाएको थियो । तर अझै केही काम बाँकी रहेकाले थप २ दिनको समय माग गरेको मैनालीले बताए ।

सन्दीपमाथि १७ वर्षीया किशोरी बलात्कारको आरोप छ। सन्दीपले भदौ ५ गते होटलमा लगेर बलात्कार गरेको  किशोरीले जाहेरीमा आरोप लगाएकी छिन्।

सन्दीप असोज २० गते पक्राउ परेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved