मलामी गएर फर्किएको अटो दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते

नेपालभ्युज

मलामी गएर फर्किएको अटो दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं। मकवानपुरको बागमती गाउँपालिकामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका छन्।

मलामी गएर फर्केको ना १ ह ५८५५ नम्बरको अटो शुक्रबार राति बागमती-५ कोइलादमार चोक नजिक सडकमा रोकिराखेको बागमती प्रदेश ०३-००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा परि अटो चालक बागमती-८ का सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन्।

घाइतेमध्ये १ जनालाई थप उपचारका लागि चितवन पठाइएको र २ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved