एमाले वडा अधिवेशन कात्तिक ६ मा, पालिकामा ९ गते

नेपालभ्युज

एमाले वडा अधिवेशन कात्तिक ६ मा, पालिकामा ९ गते

काठमाडौँ। प्रमुख विपक्षी दल नेकपा एमालेको दशौँ महाधिवेशन कात्तिक ६ बाट औपचारिक रुपमा सुरु हुने भएको छ। कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्दै महाधिवेशनको शुरुवात गरिन लागिएको हो।

देशका ६ हजार ७ सय ४३ वडामा एकै दिन अधिवेशन गर्न लागिएको एमालेले जनाएको छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा वडा अधिवेशन उद्घाटन गर्ने तयारी छ।

यस्तै कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी छ। सात सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्न लागिएको हो। एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन गर्न लागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved