आयोगलाई प्रचण्डको जवाफ, “उम्मेदवारी दर्ताका क्रममा बाजा बजाएको छैन”

नेपालभ्युज

आयोगलाई प्रचण्डको जवाफ, “उम्मेदवारी दर्ताका क्रममा बाजा बजाएको छैन”

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगमा जवाफ पेश गरेका छन् । उनले उम्मेदवारी दर्ता गर्न जाँदा बाजा नबजाएको जिकिर गर्दै आयोगमा जवाफ दिएका हुन् ।

उम्मेदवारी दर्ताको क्रममा आइतबार गोरखामा बाजागाजाको प्रयोग भएको भन्दै आयोगले प्रचण्डलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले जवाफमा बाजा बजाएकोबारे आफू जानकार नरहेको भन्दै आयोगको आचारसंहिता उल्लंघन गर्ने कुनै मनसाय समेत नरहेको उल्लेख गरेका छन् ।

शनिबार गोरखामा आयोजित एक कार्यक्रममा पनि प्रचण्डले आफूले आयोगमा लिखित स्पष्टीकरण दिएको बताए । उनले आफूलाई आयोगले माइक्रोस्कोप लगाएर हेरिरहेको गुनासो पनि गरेका छन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डले गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved