दुई लघुकथा

बाघको दाँत र नेताको सुगा

चुनाव जित्न जे पनि गर्न तयार बाघले अन्ततः दन्त चिकित्सककहाँ गएर आफ्ना सबै दाँत उखेल्न लगायो। यो खबर सुनेर खरायोहरूले खुसियाली मनाए। तर, चुनाव सकिनासाथ नक्कली दाँतको सेट उपलब्ध गराइदिन बाघले दन्तचिकित्सकलाई अग्रिम रकमसमेत दिइसकेको कुरा भने उनीहरूले सुइँकोसम्म पाएका थिएनन्।

बाघको दाँत र नेताको सुगा

बाघको दाँत

जंगल नेताको चुनावमा बाघ पनि उम्मेदवार थियो।

जंगलमा खरायोको संख्या सबैभन्दा बढी थियो। उनीहरूको भोट नै निर्णायक भोट हुने प्रष्ट थियो। बाघले भोट माग्न आउँदा खरायोका नेताले बाघसमक्ष प्रस्ताव राखे, ‘तपाईँका धारिला दाँत रहेसम्म तपाईँबाट हामीलाई खतरा रहि नै रहन्छ। त्यसैले आफ्ना सबै दाँत उखेलिदिनु भएमा मात्रै हामी खरायोहरू तपाईँलाई भोट दिनेछौँ।’

चुनाव जित्न जे पनि गर्न तयार बाघले अन्ततः दन्त चिकित्सककहाँ गएर आफ्ना सबै दाँत उखेल्न लगायो। यो खबर सुनेर खरायोहरूले खुसियाली मनाए। तर, चुनाव सकिनासाथ नक्कली दाँतको सेट उपलब्ध गराइदिन बाघले दन्तचिकित्सकलाई अग्रिम रकमसमेत दिइसकेको कुरा भने उनीहरूले सुइँकोसम्म पाएका थिएनन्।

नेताको सुगा

‘स्वतन्त्रता हाम्रो जन्मसिद्ध अधिकार हो। मानव जातिद्वारा बन्दी बनाइएका हामी सबै सुगासुगिनी दाजुभाइ दिदीबहिनीहरूलाई हामी स्वतन्त्र गराएरै छाड्छौँ। स्वतन्त्रतको यस महायज्ञमा आफ्नो गच्छेले भ्याएसम्म आर्थिक सहयोग गर्न म सम्पूर्ण स्वतन्त्रता प्रेमी सुगा जातिलाई अनुरोध गर्छु।’

नेताजीको घरमा धेरै दिनदेखि पिँजडामा बन्द रहेर भर्खरै त्यहाँबाट उम्कन सफल भई जंगल पसेको सुगाले जङ्गलका सबै सुगालाई भेला गरी भाषण गरिरहेको थियो।

भाषणपछि मुक्त सुगाको अगुवाइमा पिँजडाको सुगा कविता रचना गरी सुगाहरूको अधिकारका लागि आवाज उठाउने दिवङ्गत कवि लेखनाथ पौड्यालको मूर्तिको एक वृद्ध सुगाबाट अनावरण गराइयो।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved