काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम काठमाडौं गोर्खाजले प्रमुख प्रशिक्षकमा मोन्टी देसाइलाई भित्र्याएको छ । काठमाडौंले दोस्रो सिजनका लागि नेपाली टिमका पूर्वप्रमुख प्रशिक्षक देसाईलाई प्रमुख प्रशिक्षक बनाएको हो ।
भारतीय प्रशिक्षक देसाईले नेपाली टिम सम्हाल्दा पछिल्ला १३ खेलमध्ये ११ खेलमा जित हात पारी सनसनी मच्चाएको थियो । उनी विशेष गरी ह्याप्पी ड्रेसिङ रुमका लागि चर्चित छन् । उनी खेलाडीलाई आफ्नो क्षमताअनुसार खेल्न प्रेरित गर्ने प्रशिक्षक हुन् ।
काठमाडौंको प्रमुख प्रशिक्ष नियुक्त भएपछि देसाईले एक भिडियो सन्देश जारी गर्दै आयो गोर्खाली भनेका छन् । उनले भनेका छन्, ‘नेपाल क्रिकेटले मात्रै नभएर त्यहाँको संस्कृति र सद्धभावले मलाई सधैँ आकर्षित गराइरह्यो । नेपालसँगको सहकार्य मेरा लागि एक आशिर्वाद पनि हो । नेपाली कोचको रूपमा काम गरेको थिएँ अब नयँ च्याप्टर सुरू भएको छ । काठमाडौं गुर्खाजसँग अर्थपूर्ण सहकार्य सुरु भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा हामी भेट्नेछौँ । आयो गोर्खाली ।’
काठमाडौंले यसअघिका मार्की खेलाडी तथा कप्तान करण केसीलगायत ६ जना खेलाडी रिटेन गरेको छ । केसी राष्ट्रिय टिमका एक महत्त्वपूर्ण फास्ट बलिङ अलराउन्डर हुन् । हालैको स्कल्यान्ड भ्रमणमा अर्धशतक बनाएर केसीले नेपाललाई स्कटल्यान्डमाथि सनसनीपूर्ण जित दिलाएका थिए ।
Facebook Comment
Comment