बाढीले खण्डहर बनेको स्याफ्रुबेसी-टिमुरे सडक (तस्वीरहरू)

नेपालभ्युज

बाढीले खण्डहर बनेको स्याफ्रुबेसी-टिमुरे सडक (तस्वीरहरू)

काठमाडौं । यही असार २४ गते बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेसी-टिमुरे सडक पूर्णरुपमा अवरोध भएको छ । ठाउँ-ठाउँमा गएको पहिरोका कारण पैदल यात्रा गर्नसमेत कठिन भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका-३ लिङलिङमा सडक बाढीले बगाउँदा सो क्षेत्रमा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले बाटो बनाउने काम गरेतापनि सवारी साधनका लागि भने सडक कहिले खुल्ने टुंगो छैन । नेपाल चीन जोड्ने प्रमुख सडक अवरोध हुँदा काठमाडौं उपत्यका प्रवेश गर्ने सयौं मालवाहक सवारी साधनहरु टिमुरे मै थन्किएका छन् ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved