त्रिशूली नदीमा भेटियो एक पुरुषको शव

नेपालभ्युज

त्रिशूली नदीमा भेटियो एक पुरुषको शव

काठमाडौं । त्रिशूली नदी किनारामा एक पुरुषको शव फेला परेको छ ।

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली किनारामा अन्दाजी ४५/५० वर्षिय पुरुषको केही अंग नभएको शव भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश भालढुङ्गबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले मुचुल्का उठाई शवलाई भरतपुर जिल्ला अस्पताल पठाएको छ ।

उक्त शवको भने पहिचान हुन सकेको छैन । शव गत मंगलबार रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता व्यक्तिको हुनसक्ने आशंका गरिएको छ । सो बाढीमा परेर अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ भने १९ बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved