एसीसी इस्ट जोन कप विजेता टोलीका सदस्यलाई नगदसहित सम्मान

नेपालभ्युज

एसीसी इस्ट जोन कप विजेता टोलीका सदस्यलाई नगदसहित सम्मान

काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कप विजेता नेपाली टीमका सदस्यहरुलाई खेलकुद परिषद् लुम्बिनीले सम्मान गरेको छ ।

खेलकुद परिषद् लुम्बिनीले बिहीबार प्रदेश राजधानी देउखुरीमा एक कार्यक्रमको आयोजना गर्दै पुरुष यू–१६ क्रिकेट टीमका सदस्य दाङका शुभम खनाल, कपिलवस्तुका रौनक श्रीवास्तव र दाङका सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलाई अभिनन्दन गर्दै नगदसहित सम्मान गरेको हो ।

परिषद्‌का सचिव तिरनदाज गौतमले शुभम र रौनकलाई जनही १ लाख, सहायक प्रशिक्षक क्षेत्रीलाई ५० हजारसहित सम्मान गरिएको जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सम्पूर्ण देशको शीर उँचो बनाएको भन्दै उपाधि जितेका खेलाडीको सम्मान स्वरुप लुम्बिनीबाट प्रतिनिधित्व गरेका खेलाडी र सहायक प्रशिक्षकलाई पुरस्कृत गरिएको उनले बताए ।

नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेटको क्षमता उजागर गर्दै उपाधिसहितको नतिजा भित्र्याउँदा सिंगो देशले सम्मान गर्दा क्रिकेटमा लाग्न अझ जिम्मेवारी थपिएको रौनकले बताए ।

त्यस्तै, सहायक प्रशिक्षक क्षेत्रीले खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरेकाले उपाधी जित्न सफल भएको बताए ।

एसीसी पुरुष यू–१६ इस्ट जोन कपमा ब्याटर रौनक सर्वाेत्कृष्ट खेलाडी बन्दा उनले १ शतक र १ अर्धशतकसहित २ सय ९६ रन बनाएका थिए । यसैगरी प्रतियोगितामा नेपालका शुभमले १२ विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved