काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले अभिनेता विजय देवरकोन्डा, राणा दग्गुबाती र प्रकाश राजजस्ता अभिनेतासहित सामाजिक सञ्जाल इन्फ्लुएन्सर र युट्युबर गरी २९ जनाविरुद्ध मनी लान्ड्रिङ मुद्दा दर्ता गरेको छ ।
यो मुद्दा एक व्यापारीको उजुरीपछि हैदराबाद सैफाबाद प्रहरीले दायर गरेको एफआईआरमा आधारित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अभिनेतासहित अन्यले विज्ञापन र सामाजिक सञ्जालको समर्थनमार्फत अवैध बेटिंग एपहरूको प्रचार गरेको, प्रयोगकर्ताहरूलाई प्लेटफर्महरू कानुनी र सुरक्षित छन् भनेर विश्वास गराउने भ्रममा पारेको आरोप छ । ईडीको अनुसन्धानमा यी अवैध बेटिंग एपहरूबाट प्राप्त रकम यी सेलिब्रेटीहरूको खातामा स्थानान्तरण गरिएको देखिन्छ ।
स्रोतहरूले भने, “यी सेलिब्रेटीहरूले सेलिब्रेटी वा समर्थन शुल्क प्राप्त गर्ने बदलामा जंगली रम्मी, जीतविन, लोटस ३६५, आदिजस्ता अनलाइन बेटिंग एपहरूलाई “समर्थन” गरेको आशंका गरिएको छ ।”
Facebook Comment
Comment