मण्डला थिएटरमा ‘द मिसिङ डग’ (तस्वीरहरू)

मण्डला थिएटरमा ‘द मिसिङ डग’ (तस्वीरहरू)

काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा मणि कुलुङ राईको लेखन तथा निर्देशनमा असार २१ गतेदेखि नाटक ‘द मिसिङ डग’को मञ्चन भइरहेको छ ।

‘द मिसिङ डग’ अर्थात् ‘हराएको कुकुर’ एउटा रूपकात्मक ‘मेटाफोरिकल’ नाटक हो, जसले राज्य सञ्चालनमा रहेको अन्याय, अनुसन्धान प्रणालीको पक्षपात र नागरिक आवाजमाथिको दमनलाई उजागर गर्ने प्रयास गरेको छ ।

सामान्य कुकुर हराएको घटनाबाट सुरु भएको कथा बिस्तारै सत्ता संरचनाको गहिरो आलोचनामा रूपान्तरण हुन्छ । सत्य खोज्नेहरू नै अपराधी ठहरिन्छन्, प्रमाण हराइन्छ र सत्ताको पक्षमा अनुसन्धान मोडिन्छ ।

अन्त्यमा कुकुर भेटिए पनि मूल प्रश्नहरू अनुत्तरित रहन्छन् । के साँचो न्याय पाइन्छ ? के नागरिक स्वर सुरक्षित छ ? ‘हराएको कुकुर’ सत्ताको चरित्रलाई प्रश्न गर्ने सशक्त नाट्य प्रस्तुति बनेको छ ।

रविन तामाङको नाट्य रूपान्तरणमा तयार भएको नाटकमा कलाकारहरु किरण नेपाली, स्मृती कल्मर, रेज्मी राई, अविनाश डी. एम., इन्द्रेनी कुलुङ, रमा कुलुङ मिना श्रेष्ठ, मणि कुलुङ राईले अभिनय गरेका छन् ।

यो नाटक साउन ४ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ४ बजे र शुक्रबार, शनिबार र आइतबार दिउँसो १२ बजे मञ्चन भइरहेको छ ।

हेरौं तस्वीर – 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved