काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ ।
ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको “PAN Update” मा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।
साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले बताएको छ ।
यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत् काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् करकट्टीको विवरणसो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले जनाएको छ ।
ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुनेसमेत बताइएको छ ।
साथै, यसअघि प्यान लिएर पनि करकट्टीको विवरण समावेश नभएको भए नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी जानकारी लिन सकिने बैंकले जनाएको छ ।
Facebook Comment
Comment