अमेरिकाले युक्रेनलाई फेरि हतियार पठाउन थालेपछि रुसले हान्यो ७१८ ड्रोन र १३ क्षेप्यास्त्र

नेपालभ्युज

अमेरिकाले युक्रेनलाई फेरि हतियार पठाउन थालेपछि रुसले हान्यो ७१८ ड्रोन र १३ क्षेप्यास्त्र
तस्वीर स्रोत - रोयटर्स

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा फेरि एक पटक ठूलो आक्रमण गरेको छ । मंगलबार राति रुसले ७२८ ड्रोन र १३ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको छ ।

आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

अमेरिकाले युक्रेनलाई फेरि १५५ मिमि तोपका गोला र मोबाइल रकेट आर्टिलरी मिसाइल (GMLRS) आपूर्ति गर्न सुरु गरेपछि रुसले आक्रमण गरेको हो ।

अमेरिकी अधिकारीहरूकाअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले युक्रेनलाई दिइँदै आएको केही हतियार सहायता गत साता रोकिएको थियो । अमेरिकी सैन्य भण्डार पर्याप्त नरहेको भन्ने चिन्ताले यस्तो निर्णय गरिएको अधिकारीहरूको भनाइ थियो । तर, पछि ट्रम्पले आफूलाई आपूर्ति रोक्ने निर्णयबारे जानकारी नभएको बताउँदै युक्रेनलाई अझ धेरै ‘रक्षात्मक हतियार’ पठाउने बताए ।

अधिकारीहरूका अनुसार हालको आपूर्तिमा १५५ मिमि तोपका गोला र GMLRS मिसाइल सामेल छन् । तर, आपूर्तिको कुल परिमाण र अन्य रोकिएका हतियारहरू — जस्तै – Patriot क्षेप्यास्त्र र Hellfire मिसाइल — कहिले पठाइने हो भन्ने स्पष्ट भएको छैन ।

गत साता रोकिएको हतियार सहायता सूचीमा ३० वटा Patriot मिसाइल, ८,५०० तोपका गोला, २५० बढी GMLRS मिसाइल र १४२ वटा Hellfire एअर-टु-सर्फेस मिसाइल थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved