रुपन्देही-३ मा रास्वपाको चुनावी कमाण्डर विपिन आचार्य, उम्मेदवारका लागि आवेदन आह्वान गर्ने

नेपालभ्युज

रुपन्देही-३ मा रास्वपाको चुनावी कमाण्डर विपिन आचार्य, उम्मेदवारका लागि आवेदन आह्वान गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण जिम्मेवारी सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यलाई दिएको छ ।

बुधबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।

साथै, पार्टीले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्ने र मूल्याङ्कन गरी उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने झाले बताए ।

रुपन्देही-३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved