भोटेकोशी बाढी : चीनले थप स्थलगत प्रतिवेदन दिने आसमा मौसम विभाग

नेपालभ्युज

भोटेकोशी बाढी : चीनले थप स्थलगत प्रतिवेदन दिने आसमा मौसम विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबारे चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा रहेको जनाएको छ ।

चीनको गाओफेन स्याटेलाइट तस्वीरको विश्लेषण गरेर हिमताल विस्फोट भएर नै बाढी आएको प्रारम्भिक निष्कर्ष निकाल्दै विभागले भन्यो, “यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ, साथै आगामी दिनमा भू-उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्विरहरुले समेत थप पुष्ट्याइँ दिन सक्नेछ।”

यसअघि स्याटेलाइट तस्वीरहरूको अध्ययन गर्दै विज्ञहरुले हिमनदी माथि बनेको ताल (सुप्राग्लेशियल लेक) विस्फोट हुँदा बाढी आएको बताएका थिए ।

चीनको गाओफेन स्याटेलाइटबाट प्राप्त तस्वीरअनुसार भोटेकोशीको जलाधार क्षेत्रमा रहेको हिमनदीमा ताल बनेको र उक्त ताल विस्फोट भएपछि नदीमा पानीको सतह बढेर बाढी आएको देखिन्छ । चीनको चाइनिज एकेडेमी अफ साइन्समा पीचएडी अध्ययनरत नितेश खड्काको विश्लेषणअनुसार सुप्राग्लेशियल तालहरू हिमनदीसँगै बग्ने अस्थायी प्रकृतिका हुन्छन् । यी तालहरु कहिले हिमनदीले छोपिन्छन त कहिले सतहमा आउँछन् ।

मंगलबार बिहान आएको बाढीमा परेर अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ भने १९ बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री – 

फ्ल्यास फ्लड के हो, किन खतरनाक हुन्छ ?

स्याटेलाइट तस्वीर विश्लेषण : तिब्बतमा ताल फुट्दा भोटेकोशीमा बाढी

अन्तर्देशीय पूर्वसूचना प्रणालीमा कमजोर नेपाल : बाढी पूर्वानुमान गर्न किन चुक्छ ?

पानी नपरीकनै रसुवामा कसरी आयो ठूलो बाढी ?

तिब्बतमा पहिरो, नेपालमा बाढी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved