रसुवामा बाढीको विनाश, टिमुरे भन्सार क्षेत्र ध्वस्त (ड्रोन भ्यू)

बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी बगाएको छ । स्याफ्रुबेसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रुपमा अवरुद्ध भएको छ ।

नेपालभ्युज

रसुवामा बाढीको विनाश, टिमुरे भन्सार क्षेत्र ध्वस्त (ड्रोन भ्यू)

काठमाडौं । रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा विनाश मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ।

नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा परेका मध्ये ९ जनाको शव फेला परेको छ ।प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी बगाएको छ । स्याफ्रुबेसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रुपमा अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी  

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved