सहसचिव परियारसँग विशेषले माग्यो २५ हजार रुपैयाँ धरौटी

नेपालभ्युज

सहसचिव परियारसँग विशेषले माग्यो २५ हजार रुपैयाँ धरौटी

काठमाडौं । विशेष अदालतले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तथा सहसचिव प्रदीप परियारसँग २५ हजार रुपैयाँ धरौटीमा मागेको छ ।

गएको जेठ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारलगायत ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बुधबार थुनछेक बसहपछि विशेष अदालतका सदस्यहरू तेज नारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले परियारलाई २५ हजार र महानगरका कर्मचारीहरू बसन्त आचार्य र नमराज ढकाललाई ५०–५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढलनिकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको दाबी गरेको छ ।

सामाखुसी करिडोरमा बसुन्धारादेखि म्हैपीसम्मको बाटो तथा ढल निर्माणसम्बन्धमा बदनियत राखेर ठेक्का लगाएको र मनसायपूर्वक गलत मूल्यांकन प्रतिवेदन खडा गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारको अभियोग छ । महानगरले कल्पवृक्ष–कोहिनूर जेभीलाई बोलपत्र स्वीकृत गरेर ठेक्का दिएको थियो ।

चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यस मुद्दामा परियारसहित महानगरपालिकाका निर्देशकहरू रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल तथा सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरी प्रतिवादी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved