भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नेपालभ्युज

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

काठमाडौं । भारतीय वायुसेनाको लडाकु विमान ‘जगुआर’ दुर्घटना भएको छ ।

राजस्थान राज्यको चुरु जिल्लास्थित रतनगढमा स्थानीय समयअनुसार बुधबार दिउँसो १:३० बजे विमान दुर्घटनाग्रस्त भएको हो । विमानको भग्नावशेष रतनगढको भानुदा गाउँमा छरिएको अवस्थामा भेटिएको छ ।

दुर्घटनाको बारेमा प्रारम्भिक जानकारी साझा गर्दै एक अधिकारीले भने, “यो दुई सिट भएको जगुआर विमान थियो ।”

समाचार एजेन्सी एएनआईले जगुआर दुर्घटनामा दुई जनाको मृत्यु भएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved