विनोद चौधरीलाई असहयोग गरेको आरोपमा कांग्रेस प्रदेश महामन्त्री खनाल पार्टीबाट निष्कासित

नेपालभ्युज

विनोद चौधरीलाई असहयोग गरेको आरोपमा कांग्रेस प्रदेश महामन्त्री खनाल पार्टीबाट निष्कासित

काठामडौं । कांग्रेसले लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले उनलाई एक वर्षका लागि पार्टीको सदस्यताबाटै निष्कासित गर्ने निर्णय गरेको हो ।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई सदस्यताबाटै निष्कासन गरिएको जानकारी पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी दिएका छन् ।

समितिले २०७९ आमचुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको ठहर गर्दै खनाललाई निष्कासित गरेको हो । सो चुनावमा खनालले पार्टीका आधिकारिक उम्मेदवार उद्योगी विनोद चौधरीलाई असहयोग गरेको उजुरी अनुशासन समितिमा परेको थियो । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा चौधरी कांग्रेसका उम्मेदवार थिए । तर, खनालले उनलाई सहयोग नगरेको उजुरी परेको थियो । चौधरीले चुनाव भने जितेका थिए ।

अनुशासन समितिले उजुरीपछि स्पष्टीकरण सोधिएको तर, जवाफ चित्तबुझ्दो नभएको भन्दै कारबाही गरेको हो । चौधरीले हालै सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पनि खनालले असहयोग गरेको विषय उठाएका थिए ।

खनाल नेता शेखर कोइरालानिकट छन् । चौधरी भने सभापति देउवानिकट छन् । केन्द्रीय कार्यसमितिको बैठकमा नेता कोइरालाले चौधरीलाई पार्टीको केन्द्रीय सदस्यको उम्मेदवार बनाएको विषयमा समेत प्रश्न उठाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved