संसद् बैठकमा धेरैजसो कुर्सी खाली (तस्वीरहरू)

नेपालभ्युज

संसद् बैठकमा धेरैजसो कुर्सी खाली (तस्वीरहरू)

काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहँदा सांसदहरू भने बैठकमा बस्नै छाडेका छन् । बुधबार प्रतिनिधिसभामा बालबालिकासम्बन्धी विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।

कार्यसूचीभन्दा बाहिर गृहमन्त्री रमेश लेखकले रसुवामा आएको बाढी र विपद् प्रतिकार्यबारे सरकारको तयारीको सम्बन्धमा जानकारी दिएका छन् । कृषिमन्त्री रामनाथ अधिकारीले रासायनिक मललगायतका विषयमा सरकारको तयारीबारे जानकारी दिएका छन् ।

विशेष सयममा सांसदहरूले आआफ्ना धारणा पनि राखेका छन् । शून्य समयमा पनि केही सांसदहरूले आफ्ना विषय राखेका छन् । तर, सभाकक्षमा सांसदहरूको उपस्थिति भने नगण्य रहेको छ । धेरैजसो कुसीहरू खाली छन् । रास्वपा र राप्रपाले बैठक नै बहिष्कार गरेका छन् भने सत्तापक्ष र विपक्षी सांसदहरूकै बैठकमा न्यून उपस्थिति छ ।

तस्वीरहरू : फोटो लाइब्रेरी नेपाल ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved