बुटवल-नारायणगढ सडक पूर्णरुपमा अवरुद्ध

नेपालभ्युज

बुटवल-नारायणगढ सडक पूर्णरुपमा अवरुद्ध
फाइल तस्वीर

काठमाडौं । बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने-बर्दघाट खण्डअन्तर्गत खुर्साने खोला नजिक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मङ्गलबाररातिको वर्षाका कारण सडकको केही भाग बगाएपछि यातायात सेवा ठप्प भएको सडक आयोजनाले जनाएको छ।

सडक मर्मतको कार्य यथासम्भव छिटो सुरु गरिने भए पनि तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। मनसुन सुरु भएदेखि नै यो स्थानमा पटक-पटक सडक अवरुद्ध हुँदै आएकोले  यस सडकखण्डमा यात्रा गर्नेहरूले बारम्बार सास्ती भोग्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved