चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा, पेड्रोको २ गोल

नेपालभ्युज

चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा, पेड्रोको २ गोल

काठमाडौं । जोओ पेड्रोको दुई गोलसँगै चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ। मङ्गलबारराति मेटलाइफ स्टेडियममा भएको सेमिफाइनल खेलमा चेल्सीले फ्लुमिनेन्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलमा चेल्सीका लागि दुवै गोल यसै सिजन ब्राइटनबाट अनुबन्धित भएका जोओ पेड्रोले गरे। उनले खेलको १८औँ र ५६औँ मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। फ्लुमिनेन्सले पनि केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन।

आफ्नै पूर्व क्लब फ्लुमिनेन्सविरुद्ध गोल गरेपछि पेड्रोले भने गोलको उत्सव मनाएनन्। चेल्सीका लागि यो उनको दोस्रो खेल मात्र थियो र उनले यसै खेलमा दुई गोल गरेर आफ्नो क्षमता प्रमाणित गरेका छन्।

फाइनलमा चेल्सीले अब रियल मड्रिड र पीएसजीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।  उनीहरुबीचको खेल आज राति हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved