सिद्धबाबा मन्दिरनजिक पहिरो खस्दा मोटरसाइकलमा सवार श्रीमान्‌को मृत्यु, श्रीमती घाइते

नेपालभ्युज

सिद्धबाबा मन्दिरनजिक पहिरो खस्दा मोटरसाइकलमा सवार श्रीमान्‌को मृत्यु, श्रीमती घाइते

बुटवल । पाल्पाको सिद्धबाबा मन्दिरनजिकै म‌गलबार साँझ सडकमाथिबाट खसेको पहिरोमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता सुनिल मल्लका अनुसार पहिरोमा परी पाल्पा रामपुर–६ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो ।

बुटवलदेखि पाल्पा रामपुरतर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा जनकसँगै पछाडि सवार उनकी श्रीमती कल्पना चापागाईँ घाइते भएकी छन् । तिनाउ–३ हेडवर्क्सनजिकै भएको दुर्घटनालगत्तै उद्धार गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले जनकलाई मृत घोषणा गरेका थिए ।

बर्खाको समयमा बुटवल–पाल्पा सडकखण्डको यात्रा जोखिमपूर्ण बन्दै आएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले बर्खाको समयमा बुटवल–पाल्पालगायतका विभिन्न सडकहरूमा रातिमा यात्रा नगर्न सूचना जारी गर्दै रोकसमेत लगाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved