काठमाडौं । बाढीले रसुवामा वितण्डा मच्चाएपछि उद्धारका लागि काठामडौंबाट त्यसतर्फ गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा अवतरण गरेको छ । नेपाल र चीनको सीमा केरुङ नाकामा मंगलबार बिहानै बाढीले व्यापक क्षति पुर्याएको थियो । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार साँझसम्म २० जना बेपत्ता छन् । ५५ जनाको उद्धार गरिएको छ ।
यसरी बाढीपछि उद्धारका लागि गएको सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा अवतरण गरेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, ‘नेपाली सेनाको हेलिकोप्टर पारिपट्टी अर्थात् चीनको क्षेत्रमा पनि मान्छे फसेका छन् भन्ने हिसावले उद्धारका लागि गएको थियो । तर, प्राविधिक समस्या आएपछि चिनियाँ भूमिमा रोकिएको छ ।’
सेनाका अनुसार अहिले सो हेलिकोप्टर नेपाल फर्किन पाएको छैन, उतै रोकिएको छ । सेनाका प्रवक्ता बस्नेतले भने, ‘त्यहाँ मान्छे छन् भनेपछि उद्धारका लागि गयो । हेलिकोप्टरमा प्राविधिक समस्या आएपछि चिनियाँ भूमिमा ल्याण्ड गरेको हो । मर्मत पछि फर्किन्छ ।’
Facebook Comment
Comment