रुपन्देही– ३ मा नाउपाको उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय

नेपालभ्युज

रुपन्देही– ३ मा नाउपाको उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । नेता केशव झाले रुपन्देही ३ मा साझा उम्मेदवार उठाउने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘मोर्चाले नाउपका उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।’ उनका अनुसार साझा उम्मेदवार उठाउने निर्णय भए पनि व्यक्तिको नाम भने छलफलसमेत भएको छैन ।

रुपन्देही ३ मा आगामी कात्तिक १७ गते उपचुनाव हुँदै छ । तत्कालीन सांसद राप्रपा नेता दीपक बोहरोको मृत्युपछि रिक्त भएको सो स्थानमा उपचुनाव हुन लागेको हो ।

मोर्चाको बैठकमा जसपा नेपाल, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी, लोसपा, जनता प्रगतिशील र तमलोपाका नेताहरू सहभागी थिए । यो मोर्चामा रहेको जनमत पार्टी भने बैठकमा सहभागी भएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved