रसुवा बाढी : सात जनाको मृत्यु, चार पालिका प्रभावित

नेपालभ्युज

रसुवा बाढी : सात जनाको मृत्यु, चार पालिका प्रभावित

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा तिब्बतबाट आएको बाढीमा परी अहिलेसम्म सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार सात जना मृत फेला परेका हुन् ।

बेपत्ता हुनेको संख्या १८ रहेको छ । मंगलबार बिहान करिब ३ बजे तिब्बतबाट आएको बाढीमा परी रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा तीन जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बाढीले गोसाइकुण्ड-१, २ र ३,आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५ उत्तरगया गाउँपालिका २,४,५ ,कालिका गाउँपालिका-१ प्रभावित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved