भोटेकोसीको बाढीले यस्तो देखियो नुवाकोटमा त्रिशूली नदी (तस्वीरहरू)

नेपालभ्युज

भोटेकोसीको बाढीले यस्तो देखियो नुवाकोटमा त्रिशूली नदी (तस्वीरहरू)

काठमाडौं । भोटेकोसी नदीमा एक्कासी आएको विनाशकारी बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ । बाढीले केरुङ नाकाको नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ भने हालसम्म १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ६ चिनियाँ नागरिक र उद्धारमा खटिएका तीन जना प्रहरीसमेत छन् ।

जनधनको क्षति निम्त्याएको बाढीको कारण पत्ता भने लागिसकेको छैन । जल तथा मौसम पूर्वानुमान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बाढी आउनुको ‘ठ्याक्कै’ कारण अहिलेसम्म पत्ता लागिसकेको छैन ।

अहिले भोटेकोसी नदीमा आएको बाढी घट्दो क्रममा रहेको छ ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी

सम्बन्धित सामग्री –

तिब्बतमा पहिरो, नेपालमा बाढी

पानी नपरीकनै रसुवामा कसरी आयो ठूलो बाढी ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved