रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जनाको उद्धार

नेपालभ्युज

रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जनाको उद्धार
तस्वीर स्रोत - नेपाली सेना

काठमाडौं । नेपाली सेनाले रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारहरूको उद्धार गरेको छ।

भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारहरूलाई अन्य सुरक्षा निकाय र स्थानीयहरूको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ ।

यस्तै, सेनाको धादिङ्ग स्थित नं.६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशुलीतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुबेशी ईलाकातर्फ बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यका लागि थप फौज खटिएको पनि सेनाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved