काठमाडौं । भोटेकोसी बाढीको कारण पहिरो भएको खुलेको छ । चिनियाँ सञ्चार माध्यमहरूले नेपाल चीन सीमामा रहेको मितेरी पुलबाट माथि तिब्बतको जिलोङ काउन्टीमा रहेको जिलोङ बन्दरगाह क्षेत्रमा पहिरो गएको बताएका छन् । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाको हवाला दिँदै चिनियाँ सञ्चार माध्यमहरूले जिलोङ बन्दरगाह क्षेत्रमा पहिरो गएको बताएका छन् ।
नेपाल चीन सीमा क्षेत्रमा तिब्बती समयअनुसार बिहान करिब ५ बजेतिर पहिरो गएको चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन् । यो पहिरोमा परेर ११ जना चिनियाँ र ६ जना नेपाली हराएको उनीहरूले लखेका छन् । अत्यधिक पानी परेर पहिरो गएको हो वा सुक्खा पहिरो गएको हो चिनियाँ सञ्चार माध्यमहरूले लेखेका छैनन् ।
भोटेकोसीमा एक्कासि आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ । प्रहरीका अनुसार हालसम्म १८ जना बेपत्ता छन् । यस्तै ७/८ इभी गाडी बगाएको र भन्सार यार्डमा क्षति भएको प्रहरी जनाएको छ । यस्तै रसुवागढी हाइड्रो पावरमा पनि क्षति पुगेको छ । अहिले सो हाइड्रोको उत्पादन बन्द भएको छ ।
Facebook Comment
Comment