टप एन्ड टी-२० क्रिकेटको खेलतालिका सार्वजनिक, नेपालले ६ टोलीसँग खेल्ने

नेपालभ्युज

टप एन्ड टी-२० क्रिकेटको खेलतालिका सार्वजनिक, नेपालले ६ टोलीसँग खेल्ने

काठमाडौं । टप एन्ड टी–२० (Top End T20 ) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

अष्ट्रेलियाको डार्विन शहरमा हुने प्रतियोगिता सन् २०२५ अगस्ट १४ देखि २४ तारिखसम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित अष्ट्रेलिया र एसियाका विभिन्न १० टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले टप एन्ड टी–२० अन्तर्गत ६ वटा खेल खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले अगस्ट १५ मा नर्दन टेरिटोरी स्ट्राइकसविरुद्ध पहिलो खेल खेल्नेछ ।

त्यसपछि अगस्ट १६ मा नेपालले बंगलादेश ‘ए’, अगस्ट १८ मा मेलबर्न स्टार्स, अगस्ट १९ मा होबार्ट ह्युरिकेन्स, अगस्ट २० मा मेलबर्न रेनेगेड्स, र अन्तिम खेल अगस्ट २२ मा पाकिस्तान शाहीन्सविरुद्ध खेल्नेछ ।

खेलहरू बिहानदेखि साँझसम्म विभिन्न समयमा तय गरिएको छ । अन्तिम दिन अगस्ट २४ मा प्लेअफ र फाइनल खेलहरू आयोजना गरिनेछ ।

खेलतालिका – 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved