‘तिब्बतबाट बिहान ३ बजेतिर एक्कासी बाढी आयो, जलमापन केन्द्र नै बगायो’

नेपालभ्युज

‘तिब्बतबाट बिहान ३ बजेतिर एक्कासी बाढी आयो, जलमापन केन्द्र नै बगायो’

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ३ बजे आसपास रसुवास्थित भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासी ठूलो बाढी आएको जनाएको छ ।

बाढीसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै महाशाखाले रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेस्थित रहेको जलविद्युत आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांकअनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासी करिब ३.५ मिटर बढेको देखिएको जनाएको छ ।

त्यसपछि रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल रहेको विभागको स्याप्रेबेसी स्वचालित केन्द्रमा बिहान ३ः३० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्याङ्क सम्प्रेषण बन्द भएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार उक्त मापन केन्द्र नै बाढीले बगाएका कारण तथ्याङ्क सम्प्रेषण बन्द भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved