काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले वर्षाको कारण भोटेकोसी नदीमा बाढी नआएको जनाएको छ । महाशाखाकाअनुसार भोटेकोसी जलाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा वर्षा नै भएको छैन ।
“विश्व मौसम संगठनको Flash Flood Guidance System को Global HydroEstimator Satellite-based Precipitation Estimates अनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन,” महाशाखाले भनेको छ ।

बरु, हिमताल फुटेको आशंका छ । “भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरु अवस्थित रहेकोले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आंकलनको लागि आज विहान ७ बजे Sentinel Asia Platform मा तत्कालको भू-उपग्रह तस्विर प्राप्त गर्न Emergency Observation Request (EOR) जारी गरिएको छ,” महाशाखाको विज्ञप्तिमा भनिएको छ ।

Facebook Comment
Comment