काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रावधानमा ‘बाहेक’ शब्द घुसाइएको किर्ते प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक आज मध्याह्न १२ बजे बस्दैछ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा सभामुखको उपस्थितिमा बैठक बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ।
सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा ‘बाहेक’ शब्दमा किर्ते गरिएको हो । यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित हुँदा प्रतिवेदनमा उक्त ‘बाहेक’ शब्द थिएन। तर, प्रतिनिधि सभाबाट पारित भएपछि विधेयकको उक्त प्रावधानलाई नै निष्क्रिय पार्ने गरी ‘बाहेक’ शब्द थपिएको पाइएको हो।
यसले विधेयकको मूल आशयलाई नै परिवर्तन गर्ने भएकाले अहिले यो विषयले व्यापक विवाद निम्त्याएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकले संघीय निजामति विधेयकको सेवा प्रतिवेदनमा त्रुटि भएको सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो ।
यो पनि
Facebook Comment
Comment