देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

नेपालभ्युज

देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूलीलगायत देशका विभिन्न नदीहरूको जलसतह बढेको भन्दै आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेकाले सबैलाई सुरक्षित रहन उनले अपिल गरेका हुन् ।

‘त्रिशूली नदी लगायत केही नदीहरूको जलसतह बढेका समाचारहरू आएका छन्। जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔँ ‘, सामाजिक सञ्जालमार्फत जारी सन्देशमा भनिएको छ ।

ओलीले विपद्को समयमा आवश्यक सहयोगका लागि विपत् व्यवस्थापन विभागले तोकेका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सम्पर्कमा रहन पनि सर्वसाधारणलाई सुझाएका छन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आफू सुरक्षित होऊँ, अरूलाई पनि सुरक्षित राखौँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved