बाढीले बगायो नेपाल-चीन मितेरी पुल, बगे बन्दरगाहका सवारी साधन

बाढीले टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।

नेपालभ्युज

बाढीले बगायो नेपाल-चीन मितेरी पुल, बगे बन्दरगाहका सवारी साधन

काठमाडौं । रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बाढीले बगाएको छ ।

चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुलसँगै बन्दरगाहमा रहेका सवारी साधनहरू समेत बगाएका छन् ।

मंगलबार बिहान ३ बजे आएको बाढीले भन्सार क्षेत्रमा समेत क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

बन्दरगाहमा जाँचपासका लागि राखिएका ईभी गाडीहरू समेत बगाएको स्थानीय सामुदायिक एफएम रेडियो लाङटाङले जनाएको छ ।

रेडियो लाङटाङका अनुसार बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण रूपमा क्षति पुगेको छ ।

बाढीले टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।

स्थानीय प्रशासनले त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

तस्वीरः लाङटाङ एफएम


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved