मस्कबारे ट्रम्पको टिप्पणी : ‘लिक’ बाहिर गएको देख्दा दु:ख लागेको छ

नेपालभ्युज

मस्कबारे ट्रम्पको टिप्पणी : ‘लिक’ बाहिर गएको देख्दा दु:ख लागेको छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेपछि अर्बपति इलोन मस्कमाथि निशाना बनाएका छन् ।

“मलाई मस्क पूर्ण रूपमा लिकबाहिर गएको देख्दा दु:ख लागेकाे छ, बितेका पाँच हप्तामा उनी एक रेलको भग्नावशेषमा परिणत भएका छन्,” ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “अमेरिकामा त्यस्तो सफल नभएको तथ्यका बावजुद उनी तेस्रो राजनीतिक दल सुरु गर्न चाहन्छन् ।”

ट्रम्पले मस्कको सम्भावित तेस्रो राजनीतिक दल सुरु गर्ने प्रयासप्रति आपत्ति जनाउँदै यस्तो प्रयासले अमेरिकामा विगतमा कहिल्यै सफलता नपाएको उल्लेख गरे । “तेस्रो पार्टीहरूबाट केवल अव्यवस्था र अराजकता पैदा हुन्छ,” ट्रम्पले भने, “हामीसँग पहिले नै पर्याप्त अराजकता छ, त्यो पनि कट्टर वामपन्थी डेमोक्र्याटहरूले सृजना गरेका ।”

मस्कले ट्रम्पलाई टक्कर दिने भन्दै ‘द अमेरिका पार्टी’ खोलेका छन् । यद्यपि, यो पार्टी औपचारिक रूपमा अमेरिकी निर्वाचन प्राधिकरणमा दर्ता भएको छ कि छैन भन्ने कुरा अझै स्पष्ट छैन । मस्कले पार्टीको रूप कस्तो हुनेछ र पार्टीको नेतृत्व कसले गर्नेछ भन्ने बारेमा पनि कुनै जानकारी दिएका छैनन् ।

सन् २०२४ को चुनावमा मस्क ट्रम्पका प्रमुख समर्थक थिए र उनको जित सुनिश्चित गर्न २५ करोड डलर दान गरेका थिए ।

चुनावी जितपछि ट्रम्पले मस्कलाई सरकारी दक्षता विभाग (DOGE) अर्थात् खर्च न्यूनीकरण विभागको प्रमुखको रूपमा नियुक्त गरे । यसको काम बजेटमा कटौती पहिचान गर्नु थियो ।

ट्रम्पसँग उनको झगडा मे महिनामा ट्रम्प प्रशासन छोडेपछि सुरु भयो र ट्रम्पको कर र खर्च योजनाको सार्वजनिक रूपमा आलोचना गरेका थिए ।

सम्बन्धित सामग्री –

यस्तो छ अमेरिकामा ‘तेस्रो पार्टी’ को निर्वाचन अनुभव, चुनावै लड्न नपाउने मस्क सफल होलान् ?

साना दल नटिक्ने अमेरिकामा मस्कले किन खोले ‘द अमेरिका पार्टी’ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved