बुटवल । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशसभा संसदीय दलका नेता धर्मबहादुर चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यलाई इमेलमार्फत समर्थन फिर्ता पठाएको जानकारी दिए । लुम्बिनी प्रदेशमा नाउपाबाट ४ सांसद छन् ।
केन्द्रीय समितिले संघीय सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै लुम्बिनीमा पनि संसदीय दलको बैठकले समर्थन फिर्ता निर्णय गरेको थियो ।
नाउपाले एमालेबाट मुख्यमन्त्री बनेका चेतनारायण आचार्यलाई गत साउनदेखि समर्थन गर्दै आएको थियो । तर, संघ र सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै लुम्बिनीमा समर्थन फिर्ता लिएको हो ।
नाउपाले समर्थन लिए पनि चेतनारायण आचार्य नेतृत्वको सरकारमाथि संकट भने पर्दैन । ८७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री आचार्यलाई ६१ सांसदको समर्थन रहेको छ ।
जनमतकी प्रदेशसभा सदस्य गीता गुरूङ पदमुक्त भएपछि अहिले लुम्बिनी प्रदेशसभामा ८६ सांसद छन् ।
Facebook Comment
Comment