शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको समय

नेपालभ्युज

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको समय
तस्वीर स्रोत - रासस

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको समयसीमा दिएको छ ।

आइतबार बसेको समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा सहमति जुटाउनलाई समय मागेका थिए । तर, समितिका सदस्यहरूले त्यसप्रति आक्रोश पोखेका थिए ।

सबै सदस्यहरुले आफ्नो धारणा राखेपछि अन्त्यमा समितिका सभापति अम्मरबहादुर थापाले ५ दिनको समय दिए । शिक्षामन्त्री पन्तले भने जतिसक्दो चाडैँ सहमति जुटाएर समितिलाई जानकारी गराउने बताएका छन् ।

यसअघि असार १५ गतेभित्र विधेयक पास गर्ने सरकार र शिक्षक महासंघबीच सहमति भएको थियो । तर, विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा अन्तिम समयमा समितिबाट पास हुन सकेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved