एसीसी यू-१६ फाइनल : नेपालले पहिले बलिङ गर्ने

नेपालभ्युज

एसीसी यू-१६ फाइनल : नेपालले पहिले बलिङ गर्ने
तस्वीर स्रोत ‍‍- क्यान

काठमाडौं । मलेसियामा जारी एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

यूकेएम वाईएसडी ओभलमा केहीबेरमा सुरु हुने खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ ।

नेपालले सेमिफाइनलमा घरेलु टोली मलेसियालाई र सिंगापुरले हङकङलाई हराएको थियो ।

नेपाल प्रतियोगितामा अपराजित छ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । गत २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई नै २२१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको थियो । यसपटक पनि नेपाल उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved