एसीसी यु-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपाल आज मलेसियासँग खेल्दै

नेपालभ्युज

एसीसी यु-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपाल आज मलेसियासँग खेल्दै

काठमाडौं ।  नेपालले एसीसी यु-१६ इस्ट जोन कपमा आज मलेसियासँग सेमिफाइनल खेल्दैछ। खेल सेलांगर टर्फ क्लबमा बिहान ७:४५ बजे सुरु हुनेछ।

नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणका सबै खेल जितेको थियो। मलेसिया भने समूह ‘बी’ को उपविजेता हो।

मलेसियाले समूह ‘बी’ मा हङकङसँग मात्र हार बेहोरेको थियो। उसले माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई भने हराएको थियो।

आजै सोही समयमा हुने अर्को सेमिफाइनल खेलमा हङकङले सिंगापुरसँग खेल्नेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। नेपाल यस प्रतियोगिताको साविक विजेता भएकाले उपाधि रक्षा गर्ने लक्ष्यमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved