एसीसी यू-१६ क्रिकेट : नेपालले भुटानलाई २९८ रनले हरायो

नेपालभ्युज

एसीसी यू-१६ क्रिकेट : नेपालले भुटानलाई २९८ रनले हरायो
तस्वीर - क्यान

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई फराकिलो अन्तरले हराएको छ ।

मलेसियामा मंगलबार भएको खेलमा नेपाललाई भुटानलाई २९८ रनले हराएको हो ।

नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा अलआउट हुँदै ६० रन मात्र बनाउन सक्यो ।

भुटानलाई अलआउट गराउन नेपालका लागि विपिन शर्माले ४ तथा सुयोग भट्टराई र सचिन भट्टले २/२ विकेट लिए ।

यसअघि नेपालले ५० ओभरमा ५ विकेटको क्षतिमा ३५८ रन बनाएको थियो ।

नेपालका लागि रौनक श्रीवास्तवले शतकीय पारी खेले । उनी १३२ बलमा १६८ रन बनाउँदै आउट भए । यस्तै, जोय थापा र शिवान्स बजगाईंले अर्धशतक बनाए । थापाले ६१ रन जोड्दा बजगाईंले ५४ रन बनाए । सुगम बुढाथोकीले ३५ रन जोडे ।

भुटानका लागि सांगे दोर्जीले ३ विकेट लिए । प्रतियोगितामा अहिलेसम्म भएका चारै खेल जितेको नेपालले सेमिफाइनल खेल्ने पक्का भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved