एसीसी यू-१६ क्रिकेट : भुटानलाई नेपालको विशाल लक्ष्य, रौनकले बनाए १६८ रन

नेपालभ्युज

एसीसी यू-१६ क्रिकेट : भुटानलाई नेपालको विशाल लक्ष्य, रौनकले बनाए १६८ रन
तस्वीर - क्यान

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई विशाल लक्ष्य दिएको छ ।

मलेसियामा जारी खेलमा नेपालले ५० ओभरमा ५ विकेटको क्षतिमा ३५८ रन बनाएको हो ।

नेपालका लागि रौनक श्रीवास्तवले शतकीय पारी खेले । उनी १३२ बलमा १६८ रन बनाउँदै आउट भए । यस्तै, जोय थापा र शिवान्स बजगाईंले अर्धशतक बनाए । थापाले ६१ रन जोड्दा बजगाईंले ५४ रन बनाए । सुगम बुढाथोकीले ३५ रन जोडे ।

भुटानका लागि सांगे दोर्जीले ३ विकेट लिए ।

प्रतियोगितामा अहिलेसम्म भएका तीनै खेल जितेको नेपालले सेमिफाइनल खेल्ने पक्का भइसकेको छ । पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हरायो । तेस्रो खेलमा ३७० रनको विशाल अन्तरमा इन्डोनेसियालाई हराएको थियो ।

समूह ‘ए’मा ३ खेलमा ६ अंक जोडेर नेपाल र ४ खेलबाट ३ जितसहित ६ अंक जोडेर सिंगापुर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved