डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

नेपालभ्युज

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

काठमाडौं। डिशहोमको मनोरञ्जन च्यानल, रमाइलो टिभीले चर्चित टेलिभिजन शृङ्खला ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ। यो ऐतिहासिक धार्मिक शृङ्खला असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुनेछ।

‘रामायण’ भारतीय संस्कृत महाकाव्य ‘रामायण’मा आधारित टेलिभिजन शृङ्खला हो। यसलाई प्रसिद्ध निर्माता तथा निर्देशक रामानन्द सागरले निर्माण गरेका थिए। यो शृङ्खला पहिलोपटक सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेसनल च्यानलमा प्रसारण भएको थियो। यसमा संगीत रविन्द्र जैनले संयोजन गरेका थिए।

‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक सङ्ख्या प्राप्त गरी इतिहास रचेको थियो। बीबीसीका अनुसार, यो शृङ्खला ६५ करोडभन्दा बढी दर्शकले हेरेका थिए। यसको पुनःप्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूमा पनि भएको थियो। सन् २०२० मा कोरोना लकडाउनको समयमा पुनः प्रसारण हुँदा यसले एकै दिन ७.७ करोड दर्शक सङ्ख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान राखेको थियो।

डिशहोमले आफ्ना ग्राहकहरूको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न लोकप्रिय कार्यक्रम र खेलहरू प्रसारण गर्दै आएको छ। यसै क्रममा, डिशहोमका ग्राहकहरूले यो ऐतिहासिक र आध्यात्मिक कथा रमाइलो टिभीमा नेपाली भाषामा हेर्न पाउनेछन्। रमाइलो टिभी हाल डिशहोमका ग्राहकहरूका लागि मात्र उपलब्ध छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved